रामनवमी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदै

जनकपुर । आज चैत्र शुक्ल नवमीका दिन श्रद्धा र भक्तिपूर्वक भगवान् श्रीरामचन्द्रको पूजा–आराधना गरी रामनवमी पर्व मनाइँदैछ।

त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौसल्यादेवीका सुपुत्रका रूपमा भगवान् रामचन्द्रको जन्म यही दिन भएको धार्मिक विश्वास छ।

विष्णुको सातौँ अवतार मानिने रामको जन्म पुनर्वसु नक्षत्र र कर्कट लग्नमा भएको उल्लेख छ, जहाँ चन्द्रमा र वृहस्पतिको साथमा सूर्य, मङ्गल, शुक्र र शनि समेत रहेका थिए।

यस्तो दुर्लभ पाँचग्रह योगले उहाँलाई विशेष दिव्यता प्रदान गरेको मानिन्छ।

वासन्तिक नवरात्रको नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी धर्म, सत्य र मर्यादामा आधारित रामराज्यको स्थापना गर्नुभयो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार, रामनवमी पर्वले रामजस्तै मर्यादित, अनुशासित र आदर्श शासकको आवश्यकता र अपेक्षा जनाउँछ।

“रामराज्यमा जनता सुखी थिए, शासक मर्यादित थिए, यही कारणले रामलाई ‘मर्यादा पुरुषोत्तम’ भनिएको हो,” उनी भन्छन्।

रामनवमीको धार्मिक महत्व गाग्र्यतन्त्र र व्रतार्क नामक ग्रन्थमा उल्लेख गरिएको छ।

गाग्र्यतन्त्र कृष्णवचन अनुसार चैत्र अष्टमीमा अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको आराधना, जप, पाठ तथा ध्यान गर्नाले इच्छित कार्य पूरा हुने भनिएको छ।

व्रतार्क ग्रन्थको अगस्त्य संहितामा भने, आजको दिन व्रत, उपवास र पूजा आराधना गर्दा अनेक जन्मका पाप नष्ट भई वैकुण्ठ प्राप्त हुने उल्लेख छ।

यस अवसरमा जनकपुर र भारतको अयोध्यामा भव्य मेलासहित रामलीला प्रदर्शन हुन्छ।

रामजानकी मन्दिरमा पूजाआजा, कीर्तन र दर्शनका लागि नेपाल तथा भारतभरिबाट भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ।

पवित्र नदी, ताल, कुण्डहरूमा स्नान गरी भक्तजनले वाल्मीकि, तुलसीदास, भानुभक्तकृत रामायण तथा रामगीता पाठ गर्ने परम्परा पनि छ।

ऐतिहासिक दृष्टिले, वासन्तिक नवरात्रलाई नै मूल दसैँको रूपमा मनाइन्थ्यो।

पछि गर्मीयामको असहजताका कारण असोजमा मनाउन थालिएको हो। अहिले चैत र असोजका नवरात्रलाई ‘जाग्रत दसैँ’ र पुस तथा असारका नवरात्रलाई ‘सुप्त दसैँ’रामनवमी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदै

आज चैत्र शुक्ल नवमीका दिन श्रद्धा र भक्तिपूर्वक भगवान् श्रीरामचन्द्रको पूजा–आराधना गरी रामनवमी पर्व मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौसल्यादेवीका सुपुत्रका रूपमा भगवान् रामचन्द्रको जन्म यही दिन भएको धार्मिक विश्वास छ।

विष्णुको सातौँ अवतार मानिने रामको जन्म पुनर्वसु नक्षत्र र कर्कट लग्नमा भएको उल्लेख छ, जहाँ चन्द्रमा र वृहस्पतिको साथमा सूर्य, मङ्गल, शुक्र र शनि समेत रहेका थिए। यस्तो दुर्लभ पाँचग्रह योगले उहाँलाई विशेष दिव्यता प्रदान गरेको मानिन्छ।

वासन्तिक नवरात्रको नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी धर्म, सत्य र मर्यादामा आधारित रामराज्यको स्थापना गर्नुभयो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार, रामनवमी पर्वले रामजस्तै मर्यादित, अनुशासित र आदर्श शासकको आवश्यकता र अपेक्षा जनाउँछ। “रामराज्यमा जनता सुखी थिए, शासक मर्यादित थिए, यही कारणले रामलाई ‘मर्यादा पुरुषोत्तम’ भनिएको हो,” उनी भन्छन्।

रामनवमीको धार्मिक महत्व गाग्र्यतन्त्र र व्रतार्क नामक ग्रन्थमा उल्लेख गरिएको छ। गाग्र्यतन्त्र कृष्णवचन अनुसार चैत्र अष्टमीमा अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको आराधना, जप, पाठ तथा ध्यान गर्नाले इच्छित कार्य पूरा हुने भनिएको छ। व्रतार्क ग्रन्थको अगस्त्य संहितामा भने, आजको दिन व्रत, उपवास र पूजा आराधना गर्दा अनेक जन्मका पाप नष्ट भई वैकुण्ठ प्राप्त हुने उल्लेख छ।

यस अवसरमा जनकपुर र भारतको अयोध्यामा भव्य मेलासहित रामलीला प्रदर्शन हुन्छ।

रामजानकी मन्दिरमा पूजाआजा, कीर्तन र दर्शनका लागि नेपाल तथा भारतभरिबाट भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ। पवित्र नदी, ताल, कुण्डहरूमा स्नान गरी भक्तजनले वाल्मीकि, तुलसीदास, भानुभक्तकृत रामायण तथा रामगीता पाठ गर्ने परम्परा पनि छ।

ऐतिहासिक दृष्टिले, वासन्तिक नवरात्रलाई नै मूल दसैँको रूपमा मनाइन्थ्यो। पछि गर्मीयामको असहजताका कारण असोजमा मनाउन थालिएको हो। अहिले चैत र असोजका नवरात्रलाई ‘जाग्रत दसैँ’ र पुस तथा असारका नवरात्रलाई ‘सुप्त दसैँ’ भनिन्छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै