ट्रेन्डिङ

ठाकुरराम बहुमुखी क्याम्पसमा मतदान सम्पन्न , ४० प्रतिशत खस्यो मत

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा मतदान सकिएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिसहितको पदाधिकारी चयनको लागि विहान १० बजेदेखि सुरु भएको मतदान साँझ साढे ५ बजे सकिएको हो ।

ठाकुरराम बहुमुखी क्याम्पसको निर्वाचनमा ४० प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समिति प्रमुख दिलीप सिंहले साढे ७ घन्टा चलेको भोटिङमा ४३०६ वटा मत खसेको बताए 

उनका अनुसार कुल मतदाताको ४० प्रतिशत मात्रै खसेको हो ।

ठाकुरराम क्याम्पसमा आज भएको निर्वाचनमा १० हजार ७ सय २९ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

सम्पन्न  निर्वाचनको मतगणना आजै गर्ने वा भोली गर्ने ?  त्यसबारे सबै सङ्गठन तथा समूहसग छलफल गरेर केही बेरमा टुङ्गो लगाइने पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

स्ववियु सभापति पदमा ठाकुरराम क्याम्पसमा १४ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै