ट्रेन्डिङ

स्ववियु निर्वाचन: ठाकुरराम बहुमुखी क्याम्पसमा मतदान सुरु

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा मतदान सुरु भएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिसहितको पदाधिकारी चयनको लागि विहान १० बजेदेखि मतदान सुरु भएको हो ।

८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेतापनि २ घन्टा ढिलो मतदान सुरु गरिएको निर्वाचन प्रमुख दिलीप सिंहले बताए ।

उनका अनुसार निर्वाचनको सबै तयारी पूरा भइसकेकोले विहानदेखि नै मतदानको कार्यक्रम राखिएको छ । ९ वटा मतदानस्थलबाट मतदान सुरु भएको छ ।

लगभग १६ वर्ष पछाडि ठाकुरराम क्याम्पसमा निर्वाचन हुँदैछ ।  त्यसकारण यो पटकको निर्वाचनमा धेरै उत्साह देखिएको छ ।

स्ववियु सभापति पदमा ठाकुरराम क्याम्पसमा १४ जनाको उम्मेदवारी परेको छ ।

ठाकुरराम क्याम्पसमा आज हुने निर्वाचनमा १० हजार ७ सय २९ मतदाताले भाग लिँदैछन ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा  स्ववियु निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै