सर्लाही । प्रहरीमा जागिर लगाईदिन्छु भन्दै ठगेको आरोपमा सर्लाहीबाट एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा नम्बर १७ बस्ने ३२ वर्षकी लक्ष्मी कुमारी महतो छिन् ।
उनले हरिपुर्वा-५ निवासी शिवम कुमार यादवलाई नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भनि पटकपटक गरेर दुइ लाख ७५ हजार रुपैँया ठगेको प्रहरीले जनाएको छ ।
पीडितले दिएको जाहेरीको आधारमा महतोलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेकी महिलामाथि ठगी तथा आपराधिक विश्वासघात शीर्षकमा मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।