जनकपुर । धनुषाको सबैला नगरपालिकामा सोमबार यादव चोकको नाम राख्ने विषयमा विवाद हुँदा प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् ।
नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका हुन ।
भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते गोली लागेर एकजना घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले बताए ।
मधेस प्रहरीका अनुसार सबैला नगरपालिका संतोष यादव घाइते भएका छन् । उनको अवस्थामा गम्भीर रहेको मधेस प्रदेश प्रहरी प्रवक्ता शान्तिराज कोइरालाले बताए । उनको कम्मर मुनि गोली लागेको प्रहरीले जनाएको छ । विवाद उग्ररुप लिएपछि नियन्त्रणमा लिनको लागि गोली चलाइएको प्रहरीको दाबी छ ।
घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।