वीरगन्ज ।बारा प्रहरीले जितपुर सिमरा उपमहानगरपालिकाका वडाध्यक्ष सुनिल गुप्तालाइ पक्राउ गरेको छ ।
सिमरा उपमहानगरपालिकाका वडा नम्बर -७ का अध्यक्ष गुप्तालाइ प्रहरीले आज पक्राउ गरेको जनाएको छ ।
आफ्नो गाउँमा उपद्रो गरेको आरोपमा प्रहरीले उनलाइ पक्राउ गरेक जानकारी दिएको छ ।
प्रहरीका शुक्रबार राति वडाध्यक्ष गुप्ता आफ्नो समर्थकसहित स्थानीय परशुराम गिरीको घरमा पुगी ढुंगामुढा बर्साएका थिए । साथै उनकै नेतृत्वमा गएको समर्थकहरुले गिरी लगायत उनको परिवारका सदस्यलाई निर्घात कुटपिट पनि गरेका थिए । जसको प्रतिकारमा गिरीले बन्दुक निकालेर एक राउण्ड हवाई फायर गरेका
त्यसपछि अध्यक्ष गुप्ता र समर्थकहरु को भागाभाग भएको थियो । यही घटनाको गराएको आरोपमा प्रहरीले गुप्तालाई उपद्रो मुद्दा अन्तर्गत नियन्त्रणमा लिएको हो ।