ट्रेन्डिङ

साप्ताहिक पत्रिका सम्पादकहरूको अन्तर्राष्ट्रिय समाज नेपाल च्याप्टरको अध्यक्षमा दीपेन्द्र चौहान

वीरगन्ज । साप्ताहिक पत्रिका सम्पादकहरूको अन्तर्राष्ट्रिय समाज नेपाल च्याप्टरको अध्यक्षमा दीपेन्द्र चौहान चयन भएका छन्।

समाजको साधारणसभाले चौहानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

कार्यसमितिको उपाध्यक्षमा प्रदीप काफ्ले, सदस्य सचिवमा विनय देवकोटा र सदस्यमा तुला अधिकारी चयन भएका छन्।

संस्थापक तथा निवर्तमान अध्यक्ष कविर राणालाई समाजको संरक्षकको जिम्मेवारी दिने निर्णय पनि साधारणसभाले गरेको छ।

त्यसैगरी, साधारणसभाले नवनिर्वाचित अध्यक्ष चौहानलाई आगामी साउन १ देखि ५ गतेसम्म बेलायतको वेल्समा आयोजना हुने समाजको अन्तर्राष्ट्रिय साधारणसभामा नेपाल च्याप्टरको प्रतिनिधित्व गर्ने जिम्मेवारी दिएको छ।

उक्त कार्यक्रममा उनले नेपाल शाखाका गतिविधि तथा नेपाली पत्रकारिताको वर्तमान अवस्था र चुनौतीबारे प्रस्तुति दिनेछन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै