ट्रेन्डिङ

चार महिनादेखि तलब नपाउॅंदा प्रादेशिक अस्पताल कलैयाका चिकित्सक आन्दोलित

कलैया । चार महिनादेखिको तलब भत्ता नपाएको भन्दै प्रादेशिक अस्पताल कलैयाका चिकित्सकहरु आन्दोलित बनेका छन् ।

करारमा कार्यरत १४ जना चिकित्सकहरुले आजदेखि ‘पेन डाउन’ गरी आन्दोलन थालेका हुन् ।

होली पर्वमा काम गर्दा समेत तलब नपाउॅंदा आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरुको दुखेसो छ ।

अस्पतालका विशेषज्ञ चिकित्सक, मेडिकल तथा नर्सिङ अधिकृत र फार्मेसी अधिकृतहरूले चार महिना देखि तलब नपाएकोले आन्दोलनमा होमिएको मेडिकल अधिकृत अवनिश यादवले बताए ।

समयमा तलब नपाउॅंदा दिनचर्या गर्न कठिन हुने बताउदैं उनले भने, ‘हाम्रो माग अरु केहि हैन, हरेक महिनाको अन्त्यमा हामीले तलब पाउनुपर्यो ।’

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.अजय गुप्ताले समयमा तलब नपाए आन्दोलित चिकित्सकहरुले अस्पतालको सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दिएको बताए 

‘आजदेखि पेन डाउन गरेर चिकित्सकहरु आन्दोलित भएका छन्, तर पनि बहिरंग सेवा त जसोतसो नै चलाइयो । चिकित्सकरुको तलब तत्काल पास नभए भोलीदेखि अस्पतालको सम्पूर्ण सेवाहरु बन्द हुनेछ, यसैको चिन्ता बढेको छ’, उनले भने ।

गत बर्ष पनि यस्तै अवस्था आएको तर अस्पताल बिकास समितिसंग पैसा रहेकाले तलब उपलव्ध गराएको बताउॅंदै मेसु गुप्ताले अहिले अस्पताल बिकास समितिसॅंग समेत पैसा नहुदां अफ्ठ्यारो भएको जनाए ।

चिकित्सकहरुको तलब सुविधा व्यवस्थापन गर्न पटकपटक पत्राचार गर्दा पनि बेवास्ता गरिएको गुनासो उनको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै