सर्लाही । सर्लाहीको बरहथवास्थित श्री चक्र जनता शहीद गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक पवन कुमार बुढाथोकीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको लाभ लिएको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
रौतहटको महेन्द्र माध्यमिक विद्यालय चन्द्रपुरमा निम्न माध्यमिक शिक्षक तृतीय पदका लागि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको प्रवीणता प्रमाण-पत्र तहको लब्धाङ्क पत्र नक्कली पेस गरेको आरोप उनीमाथि छ ।
अनुसन्धानका क्रममा उक्त प्रमाणपत्र झुट्टा रहेको पुष्टि भएपछि आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ र हालको भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा जरिवाना सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरेको आयोगले जनाएको छ ।
बुढाथोकीले नक्कली प्रमाणपत्रको आधारमा शिक्षक पद प्राप्त गरी सरकारी सेवा सुविधा लिएको पाइएको अख्तियारको भनाइ छ ।
यसबारे आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको अख्तियारले बतायो ।