ट्रेन्डिङ

‘यादव चोक’ राख्ने विषयमा धनुषामा दुइ पक्षबिच झडप, प्रहरीले चलायो अश्रुग्यास

जनकपुर । धनुषाको सबैला नगरपालिकामा दुइ पक्षबिच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

नगरपालिकामा दुइ पक्षबिच झडप हुँदा प्रहरीले आश्रुग्यास प्रहार गरेको हो ।

स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले स्थिति नियन्त्रणमा लिन दुइ राउण्ड आश्रुग्यास प्रहार गरेको बताए ।

उनका अनुसार अश्रुग्यास प्रहार गर्दै प्रहरीले लाठीचार्ज पनि गरेको थियो ।

‘एक पक्षले यादव चोक हुनुपर्छ भन्छन्, अर्को पक्षले यादव चोक स्वीकार नगर्ने भन्छन् । चोकको विषयमा दुई पक्षबीच झडप भयो,’ उनले भने, ’

केलुवामोरका बासिन्दाले भठिहनमा ‘यादव चोक’ नामकरण गरेको थियो । ‘यादव चोक’ को बोर्ड समेत सडकमा राखेपछि विवाद चुलिएको छ ।

भठिहनका बासिन्दाले ‘यादव चोक’को नाममा आपत्ति जनाउँदै बोर्ड उखालेर प्रहरीको जिम्मा लगाएको थियो ।

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै