वीरगन्ज । सिआइबीले अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साबाट एक जना युवकलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो ( सिआइबी ) ले पर्साबाट एक जना युवकलाई पक्राउ गरेको जनाएको छ ।
सिआइबीको टोलीले वीरगन्ज महानगरपालिका–२० घर भएका १९ वर्षीय धिरज पटेललाइ पक्राउ गरेको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले बताए ।
उनका अनुसार अन्तर्राष्ट्रिय कल र एसएमएस बाइपासमा संलग्न आरोपमा उनलाई वीरगन्जको लालपर्साबाट पक्राउ गरिएको हो ।
उनले वीरगन्ज–१६ स्थित अनुज कुमार सर्राफको घरमा कोठा लिएर कल बाइपास गरेको भेटिएको छ ।
उनीविरुद्ध पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
कल बाइपासमा प्रयोग भएको उपकरण प्रहरीले बरामद गरेको छ ।