रौतहट । रौतहट प्रहरीले होली पर्वलाई लक्षित गर्दै सुरक्षा योजना सार्वजनिक गरेको छ ।
सुरक्षितरुपमा होली पर्व सम्पन्न गराउन प्रहरीले रौतहटमा विशेष सुरक्षा योजना तयार पारेको छ ।
जिल्लामा हरेक ठाउँ, चोकमा ब्यापक प्रहरी परिचालनदेखि लिएर चेक प्वाइन्ट तथा गस्ती र चेकिङमा कडाइ गर्ने रणनीति तय गरेको छ ।
शान्तिपूर्ण ढंगले शोली सम्पन्न गराउनका लागि कुनै कसर बाँकी नराख्ने गरी रणनीति लिइएको रौतहट प्रहरी प्रमुख दिलीप घिमिरेले बताए ।
चेकजाँचमा कडाइको साथै होली पर्वलाई शान्तिपूर्णरुपमा सम्पन्न गराउनका लागि रौतहट प्रहरीले एसपीको कमाण्डमा ५१३ जना प्रहरी परिचालन गर्ने खाका तयार पारेको छ ।
मोबाइल गस्ती, पैदल गस्ती, पेट्रोलिङ, सरप्रराइज चेकिङ, मापसे चेकिङमा पूर्णरुपमा कडाइ गर्ने रणनीति लिइएको रोतहट प्रहरी प्रमुख घिमिरेले बताए ।
असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा परापूर्वकालदेखि हिन्दुहरूले मनाउने होली पर्व आज पहाड र हिमाली जिल्लाहरूमा मनाइँदै छ ।
तराईमा भने भोलि फागुन शुल्क पूर्णिमाको भोलिपल्ट मात्र होली मनाउने गरिन्छ । होली सभ्य तरिकाले मनाउन एसपी घिमिरेले जिल्ला बासीलाई आग्रह गरेका छन् ।