ट्रेन्डिङ

कैद र जरिवाना भएका तीनजना फरार प्रतिवादी जनकपुरबाट पक्राउ

जनकपुर । धनुषा प्रहरीले जरिवाना र कैद भएका तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

अदालतबाट विभिन्न मुद्दामा जरिवान र कैद भएपश्चात फरार भएका प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अदालतको फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत प्रहरीले लुकीछिपी बस्दै आएका तीनजना फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले बताए ।

धनुषा प्रहरीले कर्तव्य ज्यान, चोरी र बिगोको फैसलाका प्रतिवादीलाई पक्राउ गरेको हो ।

बिगो मुद्दामा एक वर्ष कैद, कर्तव्य ज्यानमा ५ वर्ष कैद र चोरी मुद्दामा तीन महिना कैद तथा २५ सय जरिवानाको फैसला भएका प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सबै फरार प्रतिवादीलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पठाइएको प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै