रौतहट । रौतहट प्रहरीले भन्सार छलीका विभिन्न सामानसहित एकजनालाई पक्राउ गरेको छ ।
प्रहरी चेकिङ टोलीले विभिन्न ठाउँमा चलाउको जाँचका क्रममा प्रहरीले भन्सार छलीका सामान र मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको हो ।
चोरी पैठारी गरी ल्याउँदै गरेका मोटरसाइकल पार्ट, लत्ताकपडा तथा किराना सामानहरु बरामद गरेको छ ।
बरामद यी सामानहरु करिब ७८ हजार रुपैयाँ बराबरको रहेको रौतहट प्रहरी प्रवक्ता दीपक कुमार रायले बताए ।
भन्सार छलीका सामानसहित रौतहट गौर नगरपालिका वडा नम्बर–४ टिकुलिया बस्ने भोला साहलाई पक्राउ गरेको हो ।
प्रहरीको चेकिङ टोलीले योसंगै करिब १ लाख मूल्य बराबरको भारतीय नम्बरको दुइवटा मोटरसाइकलसमेत बरामद गरेको जारी विज्ञपितमा भनिएको छ ।
बीआर ३० एक्स २४०७ र बीआर ०५जेड ७२६८ नम्बरको मोटरसाइलसहित भन्सार छलीका सामानसहित कुल १ लाख ७८ हजार मूल्य बराबरको सामान पक्राउ गरेको जानकारी दिएको छ ।
भन्सार छलीका सामानसहित पक्राउ परेका साहलाई थप कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जारी गरेको विज्ञप्तिमा लेखेको छ ।