बारा । बारा प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय कोल्हबीबाट खटिएको प्रहरीको टोलीले ५६ किलो लागु औषध गाँजा बरामद गरेको हो ।
बारा प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार कोल्हबी नगरपालिका वडा नम्बर–५ को कुमरगढीबाट सोनाभारटोलतर्फ जाँदै गरेको नम्बर नखुलेको गइरहेको थियो ।
उनले भने, ‘त्यो मोटरसाइकलमा दुइजना सवार थिए, हाम्रो प्रहरीको गस्ती चलिरहेको थियो । त्यही प्रहरीको गसती टोलीलाइ देखेर उनीहरु गाँजा फ्याली फरार भए, अनि हाम्रो टोलीले उक्त गाँजा बरामद गरेको हो ।’
बरामद गाँजा जिल्ला प्रहरीको कार्यालयमा राखी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।