बारा । बारा प्रहरीले भन्सार छलीका सामानहरु पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्लाका फरक फरक स्थानबाट प्रहरीले सामानहरु पक्राउ गरेको हो ।
प्रहरीले चलाएको जाँच अभियानका क्रममा एक लाख ४२ हजार ८५० रूपैँया बराबरका सामानहरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको टोलीले कलैया-६ गुप्ता पेट्रोल पम्पबाट २९ हजार ७५० मूल्य बराबरका ड्यू र प्याज बरामद गरेको प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले बताए ।
यसैगरी कलैया-७ बरेबाबाट ७० हजार मूल्यका सानो बेल्ट, पर्स, ठुलो बेल्ट पक्राउ गरेको उनले बताए ।
यस्तै इलाका प्रहरी कार्यालय छतवाको टोलीले बिश्रामपुर गाउँपालिका वडा नम्बर २ बाट ४३ हजार १०० रुपैँया बराबरका खजुर, भोज खाने रेडिमेट पात, रंग बराम गरेको जानकारी दिएको छ ।
बरामद सामानहरु आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले बतायो ।