ट्रेन्डिङ

बारा : कसुरजन्य सम्पत्ति ब्यवस्थापन सम्बन्धमा सरोकारवाला निकायबिच अन्तरक्रिया

बारा । कसुरजन्य सम्पत्ति ब्यवस्थापन सम्बन्धमा सरोकारवाला निकायसँग अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकार गृह मन्त्रालय कसुर जन्यसम्पत्ति ब्यवस्थापन बिभागको आयोजना तथा जिल्ला प्रशासन कार्यालय बाराको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले गैरकानुनी, आपराधिक वा अनैतिक कार्यबाट जोडिएका सम्पत्ती कसुरजन्य हुने बताए ।

यस्तो सम्पत्ति अपराध, ठगी, भ्रष्टाचार, लागुऔषध कारोबार, गैरकानुनी व्यापार, करछली,मानव तस्करी जस्ता गैरकानुनी गतिविधिबाट आर्जित हुने उनको भनाई छ ।

उनले नेपालको “आपराधिक सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४” अनुसार, कसैको अवैध क्रियाकलापबाट प्राप्त धन, सम्पत्ति वा कुनै लाभलाई कसुरजन्य सम्पत्ति मानिने जनाए ।

कानुन अनुसार, यस्तो सम्पत्तिलाई जफत गर्न सकिन्छ वा कानुनी कारबाहीको दायरामा ल्याउन सकिने उनको जिकिर छ ।

राजस्व अनुसन्धान कार्यालयमा पनि धेरै लामो समय देखिको सामग्री रहेको बताउँदै प्रमुख जिल्ला अधिकारीले यसको लगत संकलन गरिरहेको बताए ।

त्यसका लागि सम्बन्धित बिभागले समेत साधन कुहाएर जान नदिन लागि परेको उनले प्रस्ट्याए ।

कसुरजन्य सम्पत्तिको प्रत्येक ३/३ महिनामा लगत संकलन गर्न संबंधित कार्यालयलाई पत्र लेख्ने गरेकाले समयमै उपलब्ध गराउन सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईले बताए ।

बाराका प्रजिअ वसन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बिभागका उप सचिव कृष्ण प्रसाद शर्मा, लेखा अधिकृत गणेश प्रसाद घिमिरे, ईन्जिनियर आलोक कुमार चौधरी, कम्प्युटर अपरेटर हर्कराज भट्ट लगायत जिल्लास्थित सरोकारवाला कार्यालय प्रमुखको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै