वीरगन्ज । राजावादी समर्थकहरुले आज वीरगन्जमा जुलुस प्रदर्शन तथा आमसभाको कार्यक्रम गर्दैछन ।
पूर्वराजा ज्ञानेन्द्र शाहले ७५ औं प्रजातन्त्र दिवसको अवसरमा गरेको सम्बोधनलाइ समर्थन जनाउनको लागि राजावादी समर्थकहरुले आज बृहत आमसभा तथा मोटरसाइकल र्याली निकाल्ने तयारी गरेका छन ।
राष्ट्रिय नागरिक संघर्ष समिति पर्सा र राप्रपा पर्साको संयुक्त आयोजनामा वीरगन्जमा कार्यक्रम गर्न लागिएको राष्ट्रिय नागरिक संघर्ष समिति पर्साको जिल्ला अध्यक्ष उपेन्द्र यादवले बताए ।
उनका अनुसार सिमरा विमानस्थलबाट हामी सबै भेला भएर त्यहाँबाट जुलुस निकाल्ने तयारी छ ।
कार्यक्रममा राजेन्द्र लिङ्गदेन, धवल शम्सेर राणा, विक्रम पाण्डेसहितका नेताहरुले सम्बोधन गर्ने कार्यतालिका छ ।