ट्रेन्डिङ

मलखाद ल्याउँदै गरेको किसानसँग नक्कली प्रहरीको घुमुवा बनेर पैसा ठग्ने एकजना रौतहटबाट पक्राउ

रौतहट ।रौतहट प्रहरीको घुमुवा हुँ भन्दै किसानसँग पैसा ठग्ने एकजना नक्कली प्रहरी पक्राउ परेका छन ।

आफुलाइ जिल्ला प्रहरी कार्यालय रौतहटको घुमुवा हुँ भन्दै किसानसँग पैसा मागिरहेका एकजना नक्कली प्रहरी पक्राउ परेका हुन ।

नक्कली प्रहरीको रूपमा पक्राउ पर्नेमा गरुडा नगरपालिका ८ बिर्ता गाउँका ४४ वर्षीय सदरे आलम रहेको प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए ।

गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत बिर्ता चौकमा शुक्रवार दिउँसो आलमले आफू जिल्लाको घुमुवा प्रहरी रहेको भन्दै किसानले ल्याउँदै गरेको मलखाद रोकेर पैसा मागिरहेको अवस्थामा प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो।

पक्राउ परेका आलम हाल इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै