ट्रेन्डिङ

धनुषामा ८० लाख रुपैयाँ लुटपाट गर्ने गिरोहका एकजना पक्राउ, के थियो घटना ?

जनकपुर । धनुषा प्रहरीले ८० लाख लुटपाट गर्ने गिरोहमध्ये एकजनालाई पक्राउ गरेको छ ।

८० लाख रुपैयाँ लुटपाट गरी फरार भएका प्रतिवादीमध्ये प्रहरी ११ महिनापछाडि एकजनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले धनुषाको मिथिला नगरपालिका वडा नम्बर–३ निवासी भरत कुमार महतोलाई पक्राउ गरेको प्रहरी प्रवक्ता बरुण बहादुर सिंहले बताए ।

उनका अनुसार २४ बैशाखमा जनकपुर उपमहानगरपालिकाको वडा नम्बर–१९ थुमहौना सडकखण्डमा लुटपाट भएको थियो ।

उनले भने, ‘नम्बर नखुलेको मोटरसाइकलमा तीन आएर उक्त सडकखण्डबाट बिरेन्द्र महतोले बोके हिडेको पैसा लुटपाट गरेका थिए, हतियार देखाइ महतोसंग भएको ८० लाख रुपैयाँ त्यो लुटिएको थियो । त्यही घटनामा संलग्न फरार प्रतिवादी आज पक्राउ परेका हुन ।’

पक्राउ परेका महतोलाई जिल्ला अदालतबाट म्याद थप भइ आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

के थियो घटना ?

घटनाको हो, ०८१ सालको बैशाख २४ गतेको । दिनको साढे ११ बजेको समयमा हिमालयन बैंकको जनकपुर शाखाबाट धनुषा निवासी बिरेन्द्र महतोले ८० लाख रुपैयाँ निकालेर कालो क्याट लेखिएको कालो झोलामा राखेर आफ्नो गन्तव्यतर्फ हिडेका थिए ।

प्रहरीका अनुसार उनी शुभ श्री बचत तथा ऋण सहकारी संस्था रघुनाथपुर धनुषाका लागि ज ७ प ५१५१ नम्बरको आफ्नो मोटरसाइकलमा श्रीमतीलाई राखी हिडेका थिए । प्रहरी भन्छ, ‘यही बेला थुमहौना सडकखण्डमा तीन जना नम्बर नखुलेको मोटरसाइकलमा अपरिचित समूहले बिरेन्द्र महतोले बोकेको ८० लाख रुपैयाँ लुटपाट ग¥यो, पेस्तोल देखाएर लुटपाट भयो ।’

त्यस बेलादेखि प्रहरीले उक्त घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको जनाइएको छ ।

सोहीक्रममा फरार प्रतिवादी महतो पक्राउ परेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै