ट्रेन्डिङ

बाराको कलैयामा निकालियो अनुपम यात्रा, कसले के बोले ?

बारा । बाराको कलैयामा अनुपम अभियान अन्तरगत अनुपम यात्रा निकालिएको छ ।

आउने निर्वाचनमा महिला पहिला भन्दै बाराको सदरमुकाम कलैयामा अनुपम अभियान अन्तरगत अनुपम यात्रा निकालिएको हो ।

सदरमुकाम कलैयास्थित उपमहानगरपालिकाको गेटबाट निकालिएको ¥याली नगर परिक्रममा गर्दै भरत चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कलैयाका मेयर बिनोद साह र उपमेयर रौषन प्रविणले संयुक्तरुपमा यो यात्राको शुभारम्भ गरेका हुन ।

मेयर साहले महिलाहरूको हक अधिकारको संरक्षण हुनुपर्ने बताउदै केवल कागजमा अधिकार सीमित नगर्न सबै सरोकारवालाहरुसंग आग्रह गरेका छन् ।

उपमेयर प्रविणले भने सारा नारी एक भएर यो अभियानलाई सफल बनाउन जरुरी रहेको औल्याइन् ।

उनका अनुसार अहिले पनि महिला अधिकारलाई केवल भनाइमा मात्रै सीमित गरिएकोले यसका लागि पुरुषको सहयोगको पनि जरुरी रहेको छ ।

कोणसभालाई सम्बोधन गर्दै महिला सन्जाल बाराकी अध्यक्ष बबिता जयसवालले भनिन्, ‘आगामी चुनावमा राजनीतिक दलले चुनावी गठबन्धन गरे, हामी पनि महिलाहरु मिलेर महिला गठबन्धन गर्नुपर्छ । महिलालाई बाहिर गर्ने अवस्था आयो भने हामी सबै दलका महिलाहरु मिलेर एकजुट हुनुपर्छ ।’

पूर्वमन्त्री कलावती पासवानले आउने निर्वाचनमा महिलाको लागि आरक्षण सिट कायम गर्न माग गरिन् । उनले महिलाको सिट आरक्षण नभए महिलालाई यसैगरी केवल कागजमा सीमित बनाइने धारणा राखिन ।

यात्राको अध्यक्षता गरेकी महिला अधिकारकर्मी निभा सिंहले जुनसुकै पार्टीको भएपनि हामी महिलाको सवालमा एकजुट हुनै पर्ने बताएकी छन् ।

अन्तर–पुस्ता महिलावादी मन्चले २०८० देखि २०८४ सम्मका लागि एक देशब्यापी महिलावादी “अनुपम अभियान“ को शुरुवात गरेको छ ।

यो अनुपम अभियान अन्तर्गत यो दोस्रो वर्षमा, एकजुट हुने प्रक्रियामा सबै महिला देशव्यापी यात्राहरु गरिरहेको शरुजोशि श्रेष्ठले बताइन् । बसयात्रालाई पछ्याउँदै, प्रदेश, जिल्ला, पालिका र वडा भित्र यस्तै यात्राहरु वर्षभरि गर्दै आएको उनले बताइन ।

यो ५ वर्षे अनुपम अभियानको मुख्य लक्ष्य भनेको एउटा न्यायिक र समतामूलक समाज बनाउनुमा टेवा पु¥याउनु हो । यात्रामा जिल्लाका विभिन्न संघ, संस्था,जिल्ला प्रहरी कार्यालय बारासहितको सहभागीता थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै