ट्रेन्डिङ

सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोवार ?

जनकपुर । हिजोको तुलनामा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ ।

साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य सामान्य गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो ।

महासंघमा अनुसार बिहीबार तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १ हजार ९९० रुपैयाँ पुगेका हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै