ट्रेन्डिङ

जनकपुरबाट काठमाडौं उडेको बुध्द एयर जहाजको अगाडि पांग्रा बाटैमा हराएपछि…

जनकपुर । जनकपुरबाट काठमाडौं उडेको बुध्द एयरको जहाजले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै अवतरण गरेको छ ।

जनकपुबारबाट काठमाडौं उडेको उक्त जहाज अगाडिको एउटा पांग्रा बिनै अवतरण गरेको जनाइएको छ । तर जहाज भने सकुशल काठमाडौंमा अवतरण गरेको हो ।

जनकपुरबाट ४ बजेर ३९ मिनेटमा उडान गर्दा पांग्रासहित उडेको जहाज काठमाडौंमा ५ बजेर ६ मिनेटमा अवतरण गर्दा अगाडिको पांग्रा नै थिएन् ।

जहाजको अगाडि दुईवटा नोज ह्वील हुनुपर्नेमा अवतरणपछि एउटा मात्रै पाइएको थियो ।

जहाज अवतरणपछि बाटैमा पांग्रा हराएको विषयमा खैलाबैला मचेपछि जनकपुर विमानस्थलमा जाँच गर्दा पांग्रा धावनमार्गमै फेला परेको बताइन्छ ।

बुध्दको युफोर ५०६ उडान नम्बरको एटीआर ७२ नामक एएनएच जहाजको अगाडिको एउटा पांग्रा हराएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले भने जहाजको बारेमा कुनै रिपोर्ट नभएको र जानकारी समेत आफूलाई नभएको बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भने जनकपुरबाट काठमाडौं आएको विमानको पांग्रा नभएको विषयमा पार्किङमा पुगेपछि मात्र थाहा भएको बताए ।

‘ल्यान्डिङ गेयरको नोटिफिकेशन ककपिटमा नआउने र कुनै इन्डिकेटरले सूचित नगरेकाले एउटा पांग्राले मात्रै भए पनि जहाज सकुशल अवतरण गर्‍यो,’ उनले भने, ‘यो जहाजलाई ग्राउन्डेड गरेर जाँच भइरहेको छ ।’

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै