ट्रेन्डिङ

महोत्तरीबाट माओवादी अध्यक्ष प्रचण्डले भने– मधेसी दलहरु अवसरवादी छन्, अब तपाइँहरुको समस्या समाधानका लागि माओवादीले पहलकदमी गर्नेछ

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी दलहरु अवसरवादी रहेको टिप्पणी गरेका छन् ।

तराइ–मधेस जागरण अभियान अन्तर्गत महोत्तरीको सम्सीमा आयोजित भेलालाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन ।

मधेस हरेक मामिलामा धेरै पछाडि रहेको उनको भनाइ छ । उनका अनुसार यो भूभागमा विकास निर्माणका कार्यदेखि लिएर सिचाइँको समस्या पनि उस्तै रहेको ।

त्यसकारण मधेस केन्द्रित दलहरुले जनताको हितमा काम नगरेको उनको ठहर छ ।

उनी भन्छन्, ‘यदि साँच्चिकै तपाइँहरुलाई देशमा संघीयता, समावेशीता चाहिएको छ । तपाइँहरु हामीसंग हातेमालो गर्नुहोस । हामीलाई सघाउनुहोस ।’

उनका अनुसार मधेसलाई सधै लुट्ने काम भइरहेको छ । ‘तर अब यो हुन नदिने आफ्नो पार्टीले पहलकदमी गर्नेछ,’ उनले भने ।

माओवादी अध्यक्ष प्रचण्डले फरक प्रसंगमा कुरा गर्दै भने–महोत्तरीमा धेरै जनताका समस्या छन्, ती सबै पूरा गर्नका लागि आफ्नो पार्टीले सडक र सदन दुबै ठाउँबाट आवाज उठाउनेछ ।

महोत्तरी बासीको जायज समस्या छन्, त्यसको समाधानका लागि आफ्नो नेतृत्वको पार्टीले सबै पहलकदमी गर्ने उनको प्रतिबद्धता छ ।

उनले भनेका छन्, ‘तपाईंहरुले गाउँपालिकाको तर्फबाट उठाएका हरेक माग जायज छन, गम्भीर छन । त्यो सबै पूरा गर्नको लागि आफ्नो पार्टीले सदनबाट दबाब दिनेछ ।’

महोत्तरीका अगुवाहरुले जिल्लामामा सिचाइको समस्या, सम्सीमा छोटी भन्सारको सञ्चालन, डुुबानको समस्या, मिटर ब्याजीको समस्यासहित सुख्खा बन्दरगाहको लागि पहल गर्न अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए ।

यो साथै सम्सीमा उच्च माध्यमिक विद्यालय नभएको, आधारभूत अस्पताल नभएको तथा सुरक्षा व्यवस्थाका लागि सुविधा सम्पन्न भएको नभएको माओवादी अध्यक्ष प्रचण्डलाई गाउँपालिकाको तर्फबाट सुनाइएको थियो ।

अध्यक्ष प्रचण्डले अहिलेको सरकार अध्यादेशबाट चलेको आरोप लगाएका छन् । उनका अनुसार अध्यादेशबाट सरकार चल्नु एकदम लाजमर्दो कुरा हो । माओवादी अध्यक्ष प्रचण्डले धेरै काराण्ले अहिलेको सरकार पराजय भएको जिकीर समेत गरे ।

उनले भने, ‘भूमि सम्बन्धी अध्यादेश पास भएको छैन, असफल भएको छ । त्यो असफल हुनुभनेकै सरकारको असफलता हो ।’

देशको भ्रष्ट र दलालहरु पूरै किनारा लगाउने मन रहेको भन्दै अध्यक्ष प्रचण्डले तपाइँहरुको साथको आवश्यकता रहेको जनाए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै