जनकपुर । पैसा डबल’ गरिदिने गिरोहका आरोपितहरुलाई कारबाहीको माग गर्दै सप्तरीमा प्रदर्शन गरिएको छ ।
जिल्लाको सदरमुकाम राजविराजमा पीडितहरुले बुधबार दिउँसो प्रदर्शन गरेका हुन । विभिन्न पम्पलेट बोक्दै ‘पैसा डबल’ गरिदिने ठगी मुद्दाका आरोपितलाई कारबाहीको नारा लगाउदै प्रदर्शन गरिएको हो ।
‘पैसा डबल’ गरिदिने मुद्दाका आरोपितहरुलाई प्रहरीले अदालतमा बुझाएपछि प्रदर्शन गरिएको हो । थुनछेक बहसको प्रक्रिया अगाडि बढेपछि पीडितहरुले न्यायका माग गर्दै प्रदर्शन गरेको जनाइएको छ ।
सदरमुकाम राजविराजमा खबरदारी जुलुस निकाल्दै संयौंको संख्यामा रहेका पीडितहरुले नगर परिक्रममा गर्दै प्रदर्शन गरेका हुन ।
पीडितहरुले ‘पैसा डबल’ गरिदिने ठगहरुलाई कारबाही गर, दोषीलाई कारबाही गर’ सहितका नारा लगाउदै प्रदर्शन गरेका थिए ।
‘पैसा डबल’ गरिदिने मुद्दाका आरोपितहरुलाई उम्काउन खोजेको आरोप लगाउदै पीडितहरुले खबरदारी प्रदर्शन गरेको जुलुसमा सहभागी एक पीडित बताउँछन् ।
सप्तरी प्रहरीले जिल्लामा गिरोह बनाएर ‘पैसा डबल’ गरिदिने भन्दै ठगी गरेको आरोपमा मुख्य नाइकेसहित चारजनालाई पक्राउ गरेको थियो ।
मुख्य नाइके रामबहादुर भनिने हनुमानी रजक तथा पत्रकार वैद्यनाथ यादवसहित चारजना प्रहरीले पक्राउ गरेको थियो ।
गएको माघको पहिलो साता पक्राउ परेका यही मुद्दाका आरोपितहरुलाई प्रहरीले थुकछेक बहसका लागि बुधबार जिल्ला अदालत सप्तरीमा पेश गरेको छ ।
थुनछेक बहसका लागि मुद्दा अदालतमा पेश भएपछि न्यायको माग गर्दै पीडितहरुले प्रदर्शन गरेको सप्तरी प्रहरी प्रमुख डकेन्द्र खतिवडाले बताए ।
उनका अनुसार त्यसपछि हामीले न्यायालयको अगाडि प्रदर्शन गर्न नमिल्ने भन्दै त्यहाँबाट अन्यत्र पठाएका हौ । अहिले अवस्थामा सामान्य रहेको सप्तरी प्रहरीले जानकारी दिएको छ ।
उक्त गिरोहले अढाइ करोड भन्दा बढी ठगी गरेको प्रहरीमा जाहेरी परेको छ । सोही जाहेरी अनुसार सबैलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।