ट्रेन्डिङ

रौतहटबाट भन्सार छलीका सामानसहित एकजना पक्राउ

रौतहट । रौतहट प्रहरीले भन्सार छलीका सामानसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले विभिन्न ठाउँमा चलाएको सरप्राइज जाँचका क्रममा भन्सार छलीका विभिन्न सामानहरुसहित एकजनालाइ पक्राउ गरेको हो ।

भन्सार छलीका सामानसहित रौतहट प्रहरीले जिल्लाको गरुडा नगरपालिका वडा नम्बर –६ बस्ने कैलाश राउत भेडियरलाई पक्राउ गरेको प्रहरी प्रवक्ता दीपक कुमार रायले बताए ।

उनका अनुसार रायको साथबाट प्रहरीले भन्सार छलीका विभिन्न खुद्रा सामानहरु तथा मोटरसाइकलसमेत बरामद गरेको छ ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा १ लाख १६ हजार रुपैयाँ मूल्य बराबरको लत्ताकपडा, किराना सामानहरु तथा एउटा गाइसमेत बरामद भएको लेखिएको छ ।

साथै करिब ५० हजार रुपैयाँ मूल्य बराबको ‘बीआर शुना ५ए’ ८२०० सय नम्बरको भारतीय मोटरसाइकल समेत बरामद भएको प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बरामद भन्सार छलीका सामानसहित रायलाई समेत थप कारबाहीका लागि गौर भन्सार कार्यालयमा पठाइएको रौतहट प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै