वीरगन्ज । बारा प्रहरीले २८ वटा भारतीय नम्बर प्लेटका मोटरसाईकल वीरगन्ज भन्सार कार्यलयमा बुझाएको छ ।
प्रहरी कारवाहीको सिलसिलामा फाल्गुन १४ गते जिल्लाका फरकफरक स्थानबाट बरामद भएका मोटरसाईकलहरु आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको हो ।
जिल्ला प्रहरी कार्यालय बारा मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीहरूले चलाएको जाँच अभियानका क्रममा भन्सार नतिरेका, आवश्यक कागजपत्र नभएका, कानून बिपरीत रहेका मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।
बरामद मोटरसाइकलको मूल्यांकन २५ लाख रूपैँया कायम गरिएको छ ।