ट्रेन्डिङ

मधेस प्रदेशबाट एक महिनामै ७ सय ३ जना फरार प्रतिवादी पक्राउ

सप्तरी । नेपाल प्रहरीले माघ महिनामा मात्रै मधेस प्रदेशबाट ७ सय ३ सहित कुल ३ हजार २ सय ६४ जना फरार प्रतिवादी पक्राउ गर्न सफल भएको छ ।

जसबाट २३ करोड ९२ लाख ९१ हजार ७२ रुपैयाँ जरिवाना वापतको रकम संकलन भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौका अनुसार सबैभन्दा बढी काठमाडौ उपत्यकाबाट ९ सय ३ र सबैभन्दा कम कर्णाली प्रदेशबाट ५५ जना फरार रहेका प्रतिवादीहरु पक्राउ परेको छ ।

प्रहरीले कोशी प्रदेशबाट ५ सय २७ ,बागमतीबाट १ सय ७०, गण्डकी प्रदेशबाट २ सय १७ जनालाई पक्राउ गर्न सफल भएको छ ।

त्यसैगरी प्रहरीले लुम्बिनी प्रदेशबाट ५ सय ८३, सुदुरपश्चिमबाट ८९ जनालाई पक्राउ गरेको छ भने केन्द्रीय अनुसन्धान व्यूरोले ७ जनालाई पक्राउ गरेका छन् ।

प्रहरीले कोशीबाट १ करोड ४९ लाख ३५ हजार ३ सय ४७ रुपैया,मधेश प्रदेशबाट ९७ लाख २९ हजार २ सय ७० रुपैया,बागमती प्रदेशबाट १करोड १४ लाख ७८ हजार ३० रुपैयाँँ र गण्डकी प्रदेशबाट १ करोड ६४ लाख ४७ हजार ८ सय ६ रुपैयाँ जरिवाना असुल गरेको छ ।

त्यस्तै प्रहरीले लुम्बिनी प्रदेशबाट १० करोड ९९ लाख ९२ हजार २ सय ६३ रुपैयाँ, कर्णाली प्रदेशबाट  २१ लाख ९६ हजार २ सय ९० रुपैयाँ,सुदुरपश्चिम प्रदेशबाट  ७ लाख ६२ हजार ५ सय ३६ रुपैयाँ, काठमाडौं उपत्यकाबाट ५ करोड ८२ लाख ६४ हजार ५ सय ३० रुपैयाँ र केन्द्रीय अनुसन्धान व्यूरोबाट १ करोड ५४ लाख ८५ हजार रुपैयाँ सहित कुल २३ करोड ९२ लाख ९१ हजार ७२ रुपैयाँ रकम जरिवाना बापत असुल उपर गरेको छ ।

पक्राउ परेका कुल ३ हजार २ सय ६४ जनालाई ६ सय ७२ बर्ष ६ महिना २३ दिनका कैद समेत गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै