बारा । बाराका डिएसपी प्रकाश सापकोटाको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार ४८ जना डिएसपीको सरुवा गरेसंगै बाराका डिएसपी सापकोटाको सरुवा भएको हो ।
प्रहरी प्रधान कार्यालयले सापकोटालाई नेपाल प्रहरी प्रदेश कार्यालय मानवश्रोत व्यवस्थापन शाखा पोखरामा सरुवा गरेको छ ।
उनको ठाउँमा डिएसपी विजयराज पण्डितको सरुवा गरिएको छ । उनी इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा कार्यरत थिए ।
नेपाल प्रहरीका ४८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा÷काज भएको छ । प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले सरुवा भएको दरबन्दीबाट तलबभत्ता पाउने गरी डीएसपीको सरुवा गरेका हुन् ।