ट्रेन्डिङ

राष्ट्रिय युवा संघ नेपालको ८ औं जिल्ला अबिधेशन वीरगन्जमा, नयाँ नेतृत्व चयन गरिने

वीरगन्ज । एमाले भाृत संगठन राष्ट्रिय युवा संघ नेपालको ८ औं जिल्ला अबिधेशन वीरगन्जमा सुरु भएको छ ।

वीरगन्जको रोयल पार्टी सेन्टरमा युवा संघ नेपालको ८ औं जिल्ला अबिधेशन सुरु भएको हो । संघ नेपालको ८ औं जिल्ला अबिधेशनको उद्घाटन सत्र अहिले चलिरहेको छ ।

उद्घाटन शत्र पश्चात बन्द शत्र हुने कार्यतालिका छ ।बन्दशत्र सकेलगत्ते नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाइने एमालेका युवा इन्चार्ज अरुण यादवले बताए ।

उनका अनुसार सुरुमा सहमतिबाट नयाँ नेतृत्वको चयनको प्रयास हुन्छ । यदि सहमति भएन भने त्यसपछि निर्वाचनको माध्यमले नेतृत्व चयन गर्ने तयारी रहेको उनी बताउँछन् ।

उद्घाटन शत्रमा सहभागी वक्ताहरुले युवा संघले गर्नुपर्ने काम तथा जिम्मेवारीका बारेमा आफ्नो धारणा राखेका थिए ।

साथै युवा संघ नेपालको नयाँ नेतृत्वले अझ बढी संगठनको नीति अनुरुप काम गरोस भन्दै सहभागीहरुले शुुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा एमालेका पूर्वमन्त्री महेश बस्नेत, जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, मेयरद्वय प्रधुमन चौहान र मनोज गुप्तासहितका सहभागीता थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै