ट्रेन्डिङ

नवजन्मको बाहिरियो सिसिटिभि भिडियोः लाती, मुक्का र चप्पलले प्रहार गरी मण्डलको हत्या (भिडियोसहित)

अनुशासनको नाममा मण्डलको हत्या गरिएको प्रहरी आंकलन

वीरगन्ज । बाराको नवजन्म सुधार केन्द्रमा भएको कुटपिट घटनाको भिडियो बाहिरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १ बैँकरोडस्थित उक्त सुधार केन्द्रमा गएराती भएको कुटपिट घटनाको भिडियो बाहिरिएको हो ।

गएराती सुधार केन्द्रमा भएको विवादपछि कुटपिटका कारण कलैया–९ रामपुर टोल बस्ने धिरेन्द्र भन्ने प्रदीपप्रसाद मण्डलको घटनास्थलमै मृत्यु भएको भिडियोमा देखिन्छ ।

प्रहरीले फेला पारेको सीसीटिभी भिडियोमा सुधार केन्द्रमा कार्यरत कर्मचारीस्वयम्ले मिलेर ‘लाती, मुक्का र चप्पलले मण्डललाई निर्घात कुटिरहेको स्पष्ट देखिन्छ । जसकारण उनको घटनास्थलमै मृत्यु भएको बारा प्रहरीको ठम्याँइ छ ।

मृतक मण्डल अनुशासनमा नबस्दा सुधार केन्द्रभित्रै कुटिएका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘सुधार केन्द्रमा जंगी शासन हुँदो रहेछ, अनुशासनमा नबस्दा कर्मचारीहरुले गालीगलौज, यातना दिने गरेका छन् । यो घटनामा पनि त्यही भएको अनुसन्धानबाट खुलेको छ । मृतक मण्डल अलि कडा स्वभावका थिए, सुधार केन्द्रभित्र अनुशासनमा बस्नका लागि सुरुमा उनीसँग विवाद भएको देखिन्छ, बारा प्रहरी प्रमुख संतोष तामाङले भने, ‘तर उनले भनाइ नमान्दा कर्मचारीहरु मिलेर लाती, मुक्का र चप्पलले हिर्काएका छन् ।’

उनका अनुसार यसरी ५/७ जना मिलेर पिटेपछि मण्डलको मृत्यु भएको प्रहरी अनुसन्धानबाट पाइएको छ ।

मृतक मण्डलको मृत्यु भइसकेपछि नामको लागि मात्रै सुधार केन्द्रका कर्मचारीहरुले उपचारका लागि अस्पताल लगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रादेशिक अस्पताल कलैयाले सुधार केन्द्रमा राखिएको लागु औषध दुव्र्यसनी मण्डलको मृत्युबारे प्रहरीलाई सूचना दिएको थियो ।

त्यसलगत्तै प्रहरीको टोलीले घटनास्थलको अनुसन्धान तथा सिसिटिभि भिडियो खोज्न थाल्यो । सोही भिडियोको आधारमा सुधार केन्द्रका सञ्चालक सदस्यहरुसहित ७ जनालाई पक्राउ गरिएको बारा प्रहरी प्रमुख तामाङको भनाइ छ ।

लागु औषधको दुर्व्यसनी भएकाले उनलाई १५ दिन अगाडीमात्रै उक्त सुधार केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो ।

नवजन्म सुधार केन्द्रमा गएराती मण्डलमाथि यसरी भएको थियो कुटपिट ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै