ट्रेन्डिङ

शान्दार मःम पसलमा ग्यास विस्फोट प्रकरण : घाइते थप एक जनाको मृत्यु

काठमाण्डौँ । राजधानी काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते थप एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाण्डौँ महानगरपालिका वडा नम्बर २८ बस्ने २२ वर्षका प्रदीप तामाङ छन् । उपचारका क्रममा उनको आज दिउँसो साढे २ बजे कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो ।

यहि माघ २४ मःम पसलमा ग्यास विस्फोट भएको थियो । दुर्घटनामा ११ जना घाइते भएका थिए ।

घाइतेमध्ये दुई जनाको गत सोमबार निधन भइसकेको छ । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा यसअघि नै मृत्यु भएको थियो ।

अन्य घाइतेको उपचार जारी छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै