ट्रेन्डिङ

११ केजी ५०० ग्राम ‘चरेश’ सहित पर्साबाट सुधिर कर्ण पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले लागू औषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले वीरगन्ज–१६ चालिस फिट्टे सडकखण्डबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाही विष्णु गाउँपालिका वडा नम्बर मधुवनगोठ बस्ने ४५ वर्षका सुधिर कर्ण रहेका पर्सा प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट इनर्वागाउँबाट खटिएको टोलीले नेपालबाट भारततर्फ तथा भारतबाट यता भित्रिने सवारीसाधनहरुलाई रोकेर जाँच गरेको थियो । सोही क्रममा कर्णले बोकेको रातो रंगको डिब्बामाथि खाने घ्यू राखेर प्लाष्टिकको सानो पोकामा ल्याउँदै गरेको अवस्थामा लागू औषध फेला पारेको प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए ।

प्रहरीले उनको साथबाट चरेश जस्तो देखिने पदार्थ डिब्बाबिना ११ केजी ५०० ग्राम फेला पारेको उनले बताए ।

पक्राउ परेकालाई पर्सा प्रहरीको हिरासतमा राखी लागू औषधसम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै