ट्रेन्डिङ

न्याय परिषद्ले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायधीशको सरुवाका लागि सिफारिस गर्ने

काठमाण्डौँ । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशको सरुवाका लागि सिफारिस गरिएको छ । 

बुधबार न्याय परिषद्ले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीश भरत लम्साको सुरुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

उनलाई उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगामा सरुवा गर्न सिफारिस गरिएको न्याय परिषद्का प्रवक्ता अशीक कुमार क्षेत्रीले जानकारी दिए । 

यस्तै न्याय परिषद्ले न्याय परिषद्को वार्षिक प्रतिवेदन, २०८०/०८१ लाई सामान्य परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै