ट्रेन्डिङ

धनुषा विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको प्रधानमन्त्रीलाई पत्र, भन्छन् – मेयर र उनका छोराबाट असुुरक्षित छु, सुरक्षित कार्य वातावरणको व्यवस्था मिलाइदिनुस्

धनुषा । धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार साहले सुरक्षाको माग गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्राचार गर्दै यस्तो माग गरेका हुन् । आफू मेयर र उनका छोराबाटै असुरक्षित बनेको भन्दै उनले सरकारसँग सुरक्षा मागेका हुन् ।

शिक्षक सेवा आयोगबाट सिफारिस भई आएका शिक्षिकालाई हाजिर गराएको निहुँमा अधिकृत साहलाई मेयरका छोरा रामभजन दासले गालीगलौज, धाकधम्की दिदैँ कार्यकक्षमै कुटपिट गरेका छन् । सो घटनापछि आएका मेयर दासले पनि अधिकृत साहलाई उल्टै प्रहरीकै उपस्थितिमा आफूलाई कानुनले केहि गर्न नसक्ने भन्दै गोली मार्ने धम्की दिएका अधिकृत साह बताउँछन् ।

घटनापछि मंगलबार अधिकृत साहले जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर आफ्नो सुरक्षा र कुट्ने मेयरका छोरा तथा धम्की दिने मेयरलाई पक्राउ गरी कारबाही गर्न उजुरी दिएका छन् । उनले आज प्रधानमन्त्री ओलीलाई पत्राचार गरेका हुन ।

पत्रमार्फत उनले भनेका छन्, ‘कुटपिट गर्ने राम भजन दास र गोली हान्ने धम्की दिने मेयर बेचन दासलाई पक्राउ गरी उचित कारबाही गर्न तथा मलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा अर्को व्यवस्था नहुनजेलसम्म सुरक्षा साथ काम गर्ने वातावरण मिलाउन अनुरोध छ ।’

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै