ट्रेन्डिङ

आवश्यक कारबाहीका लागि रौतहट प्रहरीले १६ वटा मोटरसाइकल गौर भन्सार बुझायो

रौतहट । कागजात नभएका १६ वटा मोटरसाइकललाई रौतहट प्रहरीले गौर भन्सार कार्यालयमा बुझाएको छ ।

माघ १ गतेदेखि जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका निकायबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूमा गरेको सवारी साधनहरूको चेकिङका क्रममा ती मोटरसाइकलहरू बरामद गरेको थियो ।

प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार ती मोटरसाइकलहरूको अनुमानित मूल्य १२ लाख रुपैयाँ रहेको छ ।

आवश्यक कारबाहीका लागि मोटरसाइकलाई भन्सारको जिम्मा लगाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै