ट्रेन्डिङ

‘पब्लिक’ सूचनाको प्रभाव : हराएको चार घण्टामै फेला परिन् ६ वर्षीया नाबालिका

आफ्ना नानीबाबुको उचित ख्याल राख्न अनुरोध

वीरगन्ज । सर्लाहीबाट प्रहरीले हराएका एक जना नाबालिकाको सकुशल उद्दार गरेको छ । हरिपुर नगरपालिका वडा नम्बर ४ हरैया निवासी ६ वर्षीया काव्या सिंहको सकुशल उद्दार गरेको हो ।

उनी हिजो साँझ साढे ५ बजे आफ्नै घरको आँगनमा खेलिरहेको क्रममा अचानक हराएकी थिइन् । उनी घरैबाट बेपत्ता भएपछि उनका घर परिवारले प्रहरीमा खोजीका लागि निवेदन दिए ।

इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको टोलीले नाबालिका हराएको करिब ४ घण्टा पछि अर्थात् रातको साढे ९ बजे उनलाई फेला पारेको हो । ‘पब्लिक’ ले दिएको सूचनाको आधारमा काव्यालाई घरभन्दा करिब दुइ किलोमिटर टाढा सडक किनारामा सकुशल फेला पारेको सर्लाही प्रहरीका डिएसपी दीपक कुमार श्रेष्ठले बताए ।

प्रहरीका अनुसार नाबालिकालाई उनको अभिभावकको जिम्मा लगाइएको छ । काव्या मानसिक रुपले पूर्ण स्वस्थ्य नरहेको प्रहरीको भनाइ छ ।

प्रहरीको अपील

जिल्ला प्रहरी कार्यालय सर्लाहीले आफ्ना नानीबाबुहरुको विशेष हेरचाह गर्न अपील गरेको छ । प्रहरीले बोल्न नसक्ने, सुस्तमनस्थितिका, फरक क्षमता भएका आफ्ना नानीबाबुको विशेष रुपले हेरचाह गर्न अनुरोध गरेको हो ।

पछिल्लो समय बालबालिका हराउने क्रम बढेकाले उनीहरुको ख्याल गर्न अनुरोध गरिएको प्रहरीले जनाएको छ ।

साथै प्रहरीले आफ्ना नानीबाबुलाई घर वा कहिकतै पनि एक्लै नछाड्न, काम विशेषले घर बाहिर जानुपर्दा भरपर्दो व्यक्ति वा आफन्तलाई जिम्मा लगाई जान, बालबालिकाहरुलाई सडक छेउमा खेल्न नछाड्न तथा आफ्ना साना नानीबाबुहरुको उचित ख्याल राख्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै