सिरहा । सिराहा प्रहरीले विद्युत प्राधिकरणका एक कर्मचारीलाई पक्राउ गरेको छ ।
जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा विद्युत प्राधिकरणका एक कर्मचारीलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण सिराहा शाखामा कार्यरत कर्मचारी उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ४ का विश्वराज राईलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई सिराहा नगरपालिका ७ हेमनारायण चौकबाट प्रहरीले पक्राउ गरेको हो । जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दामा राईलाई पक्राउ गरिएको सिराहा प्रहरी प्रवक्ता वीरेन्द्र कुमार पासवानले पुष्टि गरे ।
राईमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेका राईलाई प्रहरी प्रधान कार्यालय काठमाडौँको साइबर व्युरोमा पठाएको डीएसपी पासवानले बताए ।
प्रहरीमा जाहेरी परेपछि उनी फरार थिए ।