ट्रेन्डिङ

पटाखा कारखानामा विस्फोट, ४ जनाको मृत्यु

भारत । भारतको पश्चिम बङ्गालस्थित एक पटाखा कारखानामा विस्फोट भएको छ । बङ्गालको राजधानी कोलकताबाट झण्डै ५५ किलोमिटर उत्तरमा रहेको नादिया जिल्लाको कल्याणी क्षेत्रस्थित एक पटाखा कारखानामा विस्फोट भएको हो ।

शुक्रबार भएको भीषण विस्फोटमा परी चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । एक प्रहरी अधिकारीका अनुसार दुर्घटनामा चार जनाको मृत्यु भएको छ । यस्तै एक महिलालाई  उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको उनको भनाई छ ।

विस्फोटका कारण कारखानामा ठूलो आगो लागेको प्रहरीले जनाएको छ । आगो निभाउन र नजिकैको क्षेत्रमा फैलिन नदिन तत्काल दमकललाई घटनास्थलमा पुर्याएको प्रहरीले जनाएको छ ।

घटनाका कारण तत्काल खुलेको छैन । प्रहरीले दुर्घटनाबारे अनुसन्धान गर्न निर्देशन दिएको जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै