
वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलीका सामानहरु पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्लाका फरकफरक स्थानहरुबाट सामानहरु पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको टोलीले ३२ लाख ४३ हजार ५५५ रुपैँया बराबरका सामानहरु बरामद गरेको डिएसपी किशोर लम्सालले बताए ।
उनका अनुसार बरामद सामानहरुमा खुद्रा तथा लत्ताकपडा लगायतका सामग्री छन् ।
बरामद सामानमाथि आवश्यक प्रक्रिया अघि बढाईएको प्रहरीले जनायो ।