ट्रेन्डिङ

किन गरियो जनकपुर विमानस्थलबाट एभियाक्लवको ‘अल्ट्रालाइट वायुयान’ परीक्षण ?

जनकपुरधाम । एभियाक्लब पोखराले सगरमाथा हिमाल, त्यस वरपरका चुचुरा र कोसी टप्पु क्षेत्रको दृश्यावलोकन गर्नेगरी राजविराजबाट अल्ट्रालाइट वायुयानको उडान परीक्षण गरेको छ । बिहीबार जनकपुर विमानस्थलबाट एभियाक्लबको अल्ट्रालाइट वायुयान राजविराजका लागि उडान भरेको हो ।

भारतीय पर्यटकमा हिमाल तथा कोसी नदी प्रणालीको दृश्यावलोकनप्रति विद्यमान रुचिलाई दृष्टिगत गरी मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजविराजबाट अल्ट्रालाइट वायुयान सञ्चाल गराउन नागरिक उड्ड्यन प्राधिकरणलाई आग्रह गरेका थिए ।

प्राधिरणका सहनिर्देशक देवचन्द्रलाल कर्णले एभियाक्लबको अल्ट्रालाइट वायुयान सगरमाथाको चुचुरो देखिने गरी राजविराजबाट बिहीबार उडान भर्ने जानकारी दिए ।

सो उडान सफल र व्यावसायिक रूपमा नाफामूलक देखिएमा भविष्यमा राजविराज विमानस्थललाई केन्द्र बनाई सगरमाथा दर्शन गराइने कर्णको भनाइ छ ।

हेलिकोप्टरबाट सगरमाथाको दृश्यावलोकन महँगो भएको र जहाजबाट दृश्यावलोकनको पूर्ण आनन्द प्राप्त गर्न नसकिने हुँदा तुलनात्मक रूपमा सस्तो अल्ट्रालाइट वायुयान पर्यटकका लागि आकर्षक तथा रोज्नेयोग्य हुनसक्छ ।

एक यात्रु लिएर उड्ने अल्ट्रालाइट वायुयानबाट सगरमाथा दर्शन गर्न प्रतिव्यक्ति १५ हजार रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै