
बारा । बारा प्रहरी प्रमुख सन्तोष तामाङ्ले अब आफ्नो जिल्ला प्रहरी कार्यालयमा दलाली नचल्ने बताएका छन् ।
बारा प्रहरी कार्यालयले बिहीबार राखेको पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा प्रहरी प्रमुख तामाङ्ले यस्तो बताएका हुन । प्रहरी कार्यालयहरुमा काम गराइदिने भन्दै सोझासाझा जनतालाई ठग्ने काम हुने गरेको आफूलाई राम्रोसंग जानकारी रहेको बताए ।
त्यसकारण म रहुञ्जेल आफ्नो अड्डामा सबै खाले दलालीको काम बन्द रहेको उनको भनाइ छ । उनका अनुसार न्याय सम्पादनमा कुनै किसिमको दलालीको काम सहय हुँदैन । योसंगै शान्ति सुरक्षामा कुनै किसिमको विभेद नहुने उनले ठाकुवा गरे ।
कानुन कायान्वयको सवालमो प्रहरीले कसैसंग कुनै भेदभाव नगर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘अहिले मुलुकमा तीन तहको सरकार छ, सबैको आ–आफ्नै सिमा छन् । तर तीनै तहका सरकारसंग समन्वय गरेर प्रहरी आफ्नो काम काम कारबाही अगाडि बढाउँछ ।’
‘यो दौरान बारा प्रहरीले कसैसंग पनि कानुनी भेदभाव गर्दैन, किनकी प्रहरी सबैको हो । त्यसलाई मध्यनजर गरेर नै हामी काम गर्नेछौं,’ उनले भने ।
गलती गर्ने जोसुकै भएपनि त्यसलाई कानुनी दायरामा ल्याउन प्रहरी ब्याक नहुने उनी बताउँछन् । उनका अनुसार खासगरी नेपाल प्रहरी जनताको बिचमा रहेर काम गर्ने संगठन हो ।
‘त्यसकारण जनतामाथिको अत्याचार सहन हुँदैन, पहिलो प्राथमिकतामा हामी नागरिकलाई राखेर कानुन अनुसार काम गर्नेछौं,’ उनी भन्छन् । यो साथै प्रहरीले गर्ने चेकिङ्, गस्ती, चोरस् पैठारी रोकथाम तथा सीमानाकामा हुने कडाइँमा कुनै कसर बाँकी नराख्निे उनको दाबी छ ।
प्रहरी संगठनको नीति भन्दा बाहिर गएर गतिविधि गर्ने प्रहरीका जुनसुकै दर्जालाई कारबाही गर्न आफू सहमति नगर्ने उनको ठोकुवा छ ।
उनका अनुसार फेरि राम्रो काम गर्ने प्रहरीलाई भने आफ्नो नेतृत्वले सम्मान पनि गर्नेछ ।
तर कानुन भन्दा बाहिर गएर संगठनको निर्देशनविपरीत कुनै कामकाज नहुने प्रहरी प्रमुख तामाङ बताउँछन् । नेपाल प्रहरी प्रधान कार्यालयले यही साता केही जिल्लाका कमाण्डरहरुको जिम्मेवारी हेरफेर गरेको थियो । सोही सरुवा अनुसार बाराको कमाण्डरको रुपमा प्रहरी मुख्यमलयले तामाङले पठाएको छ ।