
साजिर मन्सूर
५ असोज, कलैया । बाराको महागढिमाई नगरपालिका स्थित गढिमाई मन्दिर प्राङ्गणमा बनेको नव निर्मित गढिमाई बहुउद्देश्यीय धर्मशालाको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । मधेस सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री सरोज यादवले रिबन काटेर धर्मशालाको उदघाटन गरेका हुन्।
प्रमुख अतिथि समेत रहेका मन्त्री यादवले उदघाटन पश्चात् बोल्दै यो मन्दिर मधेस को धरोहर भएको बताउदै यसको बिकासका लागि कुनै पनि कन्जुस्याइँ नगरिने बताए । उनले आउदै गरेको मेलाको ब्यवस्थापनका निमित्त आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा बोल्दै पुर्वाधार बिकास कार्यालय बाराका कार्यालय प्रमुख राजेन्द्र साहले यो धर्मशालाको शिलान्यास तत्कालिन भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले २०७६ साल जेष्ठ ४ गते शनिबार शिलान्यास गरेका थिए ।
धर्मशालाको लागत अनुमान ८ करोड ६२ लाख ६२ हजार ९ सय ६७ रहेको र स्वीकृत २०७५ माघ १३ गते भएको जनाए । निर्माण कार्यको ठेक्का सम्झौता २०७६ जेष्ठ १३ गते सोमबार ७ करोड ५९ लाख ८४ हजार ३ सय ८८ अर्थात लगभग १२% घटिमा भ्याली बाबुरत्न जेभी ललितपुर सँग भएको उल्लेख गरे ।
निर्माण कार्यको ठेक्का तथा कार्यान्वयन भौतिक पुर्वाधार मन्त्रालयबाट नै भएको थियो त्यसपछि आ.व. ०७८/०७९ मा यो ठेक्काको सम्पुर्ण जिम्मेवारी तत्कालिन शहरी बिकास कार्यालय पर्सामा हस्तान्तरण भएको जनाउदै मधेस प्रदेश सरकारले जब शहरी बिकास कार्यालय लाई पुर्वाधारमा मर्ज गरेपछि बारा जिल्ला अन्तरगतका निर्माण कार्यहरुको जिम्मा यस पुर्वाधार कार्यालयले पाएर निरन्तर कार्य गर्दै आएको सबैमा जानकारी गराए ।
साहले यस बहुउद्देश्यीय धर्मशालाको ग्राउन्ड फ्लोरमा बिवाह मन्डप,ठूलो हल,दुलहा दुलहिको लागि अलग अलग रुम, किचेन रुम, स्टोर रुम, दुईटा बेड रुम रहेको छ । पहिलो तल्लामा २ वटा हल र १० वटा रुम रहेको छ । बहुबर्षिय योजना अन्तरगत २०७६ जेष्ठ १३ मा सम्झौता भएको ठेक्का २०८० जेष्ठ २५ मा सम्पन्न गर्नुपर्ने रहेको जनाए ।
बिल्डिङ्ग्को एरिया ७०८ मिटर स्क्वायर कम्पाउण्ड वाल सहितको एरिया २८५६ मिटर स्क्वायर बिल्डिङ्गको L×B=30×30 मिटर धर्मशालाको निर्माण कार्य २०८० कार्तिक २ गते सम्पन्न भैइ आ.व.२०८०/०८१ मा ६ करोड ६३ लाख ७६ हजार १ रुपैया रकम घटिमा भुक्तानी भएको बताए । धर्मशाला निर्माण कार्यको ढिलाई हुनाका मुख्य कारण कोभिड र बाहिरी फेसमा बुट्टाको काम अनि फाईनल गर्दा २/३ मोडेलमा गर्दा ढिलाई हुन पुगेको जनाए ।
उनले भने, ‘यो योजना सम्पन्न गराउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पुर्ण महान आत्माहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै अब यो बहुउदेसिय धर्मशाला सम्पुर्ण नेपालि जनताको उपयोगमा आउने साथै विश्व प्रसिद्ध शक्ति पिठ माता गढिमाई को दर्शनका लागि आउने लाखौ जनता तथा दर्शनार्थीको लागि बरदान साबित हुने हामिले अपेक्षा गरेका छौ ।’ त्यसैले यो धर्मशालालाई अब यहाका स्थानिय सरकार तथा जनताले आफ्नो सम्पत्ति सम्झेर यसको संरक्षण सम्बर्द्धन गर्न आग्रह गरे ।
आउदै गरेको मंसिरमै लाग्ने विश्व प्रसिद्द माता गढिमाई मेलाको लागि यो धर्मशाला मन्त्रालयको तर्फबाट उपहार स्वरुप रहेको भन्न पाउँदा गर्व लागिरहेको भन्दै मेलाको समेत पुर्ण सफलताको कामना गरे । प्रमुख अतिथि मन्त्रीबाट निर्माण कार्यमा सहयोग गरे बापत उपेन्द्र प्रसाद यादव मेयर महागढिमाई नगरपालिका,रामचन्द्र साह अध्यक्ष गढिमाई मन्दिर सन्चालन तथा बिकास समिती र निर्माण ब्यवसायी भ्याली/बाबुरत्न जेभी ललितपुर शालिक गौतम कम्पनी सदस्यलाई सम्मान तथा कदर पत्र हस्तान्तरण गरिएको थियो ।
सोही अवसरमा पुर्वाधार बिकास कार्यालय कलैयाका प्रमुख साहले मेयर उपेन्द्र यादवलाई धर्मशाला हस्तान्तरण गरेको हस्तान्तरण पत्र दिएका थिए । मेयर यादवले पत्र बुझ्दै यो धर्मशाला टेन्डर प्रक्रिया गरि सन्चालन गराउने र त्यो अघि मन्दिर सन्चालक समिले रेखदेख गर्ने बताए ।
कार्यक्रममा संविधान सभा सदस्य रामअयोध्या प्रसाद यादव, प्रदेश सभा सदस्यहरु बच्चा प्रसाद यादव, शारदा शन्कर साह कलवार, महमद समीर, रबिन्द्र दास श्रेष्ठ, माला लामा, लक्ष्मी देबि, राजपती जयस्वाल, महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादव, सन्जय प्रसाद साह निमित्त प्रदेश सचिव भौतिक पुर्वाधार मन्त्रालय मधेश प्रदेश, पुर्व जिबिस सभापती छठ्ठु यादव महागढिमाई नगरपालिकाका सम्पुर्ण वडा अध्यक्ष/कार्यपालिका सदस्यहरु,रामचन्द्र साह तेलि गढिमाई मन्दिर सन्चालन समिती अध्यक्ष,नेपाली काङ्ग्रेस बारा सचिव भैयाराम यादव,एमाले अध्यक्ष अध्यानन्द पान्डे,बिरेन्द्र यादव काङ्ग्रेस बारा जिल्ला सदस्य, दिप प्रकाश, गुप्ता जिल्ला सदस्य, तेजलाल यादव जिल्ला सद्स्य, प्रीयन्का दास नेपाल पत्रकार महा संघ बारा पुर्व उपाध्यक्ष एवम बान केन्द्रिय सदस्य, बिश्वास एफएम अध्यक्ष, रामाकान्त साह युवा नेता वडा अध्यक्ष ललन यादव, समाजसेवी गोबारी राय यादव लगायतको उपस्थिती रहेको पूर्वाधार बिकास कार्यालय कलैयाका बिजय यादवले जानकारी गराए ।
पुर्वाधार बिकास कार्यालय कलैया बाराका ईन्जिनियर आरती चौधरीले स्वागत गरेको कार्यक्रमको सन्चालन सन्चारकर्मी साजिर मन्सूरले गरेका थिए