
वीरगन्ज । जनमत पार्टी पर्साको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । पार्टीको लोककल्याणकारी अभियान अन्र्तगत शिविर सम्पन्न भएको हो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठराहमा सम्पन्न शिविरमा ८८ जनाले लाभ लिएका छन् । उनीहरुमध्ये ३४ जनामा मोतियाबिन्दुको समस्या फेला परेको जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले बताए ।
मोतियाबिन्दु भेटिएका सबैको वीरगन्ज सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने उनको भनाइ छ ।
यसैबिच पार्टीले निरन्तर रुपमा जिल्लाका फरकफरक स्थानहरुमा निःशुल्क शिविर सञ्चालन गर्दै आएको छ । कोहि पनि नागरिक स्वास्थ्य सुविधा लिनबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको अध्यक्ष सर्राफले बताए ।
यो अभियानबाट हालसम्म एक हजार ३ सय जनाभन्दा बढी नागरिकहरुले सेवा लिएका जनाइन्छ । अभियानलाई अझै निरन्तरता दिइने जनमत पार्टी पर्साले जानकारी दिएको छ ।