ट्रेन्डिङ

बीरगन्ज भन्सार कार्यालयको राजश्व संकलनमा वृद्धि, भदौसम्म २५ अर्ब ४० करोड संकलन

असोज, बीरगन्ज बीरगन्ज भन्सार कार्यालयले हालसम्म २५ अर्ब भन्दा बढी रुपैंया राजश्व संकलन गरेको कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार रुपैंया सङ्कलन गरेको हो

भदौसम्म भन्सार विभागले कार्यलयलाई ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको थियो जसमध्ये ७१ प्रतिशत लक्ष्य पुरा भएको बीरगन्ज भन्सार कार्यालयले जनाएको

प्रमुख भन्सार प्रशासक दिपक लामिछानेका अनुसार गत वर्षको सोही अवधि भन्दा चालु आवमा राजश्व संकलनमा वृद्धि भएको हो गत वर्षको तुलनामा यस वर्ष झण्डै एक अर्ब रुपैंयाले राजस्व संकलनमा वृद्धि भएको उनी बतांउछन्

गत वर्षको सोही समयमा कार्यालयले २४ अर्ब ५७ करोड ९२ लाख ५७ हजार रुपैंया संकलन गरेको उनले बताए त्यो कार्यालयले पाएको लक्ष्यको ७० प्रतिशत हो

३५ अर्ब ४४ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको प्रमुख भन्सार प्रशासक लामिछानेले जनाए सो अवधिमा कार्यालयबाट सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको उनको भनाइ

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै