Close This

ट्रेन्डिङ

जीवी राईले कानुनी परिबन्दमा पारेर ठगीको शृङ्खला नै चलाएको संसदीय समितिको निष्कर्ष

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गीतेन्द्रबाबु राई (जीवी) ले ठगीको शृङ्खला नै चलाएको निष्कर्ष निकालेको छ।

‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ मा जीवी राईले अनेक नेटवर्किङ कम्पनीदेखि सहकारीसम्मको सञ्जाल नै खडा गरेर ठगी गरेको उल्लेख गरिएको छ । हर्बो ग्रुपले खोलेको साविक हाम्रो ग्रुप अफ कम्पनी लिमिटेड कब्जा गरेर जीवीले गोर्खा ग्रुप अफ कम्पनी बनाएपछि करिब ९०० मान्छेको बिचल्ली बनाएको पनि समितिले जनाएको छ ।

‘अहिले गोर्खा ग्रुपमा आफ्नो बहुमत बनाउन किर्ते शेयर बढाएको भन्ने पनि सेयर धनीहरूको गुनासो छ । यो कम्पनी लिमिटेड कम्पनी भएकोले छानबिन गरेर नयाँ सञ्चालक समिति बनाएर शेयर धनीहरूलाई न्याय दिनु पर्ने देखिएको छ’, समितिले भनेको छ ।

समितिले जीवी राईको समूहले हर्बो र गोर्खा ग्रुपका मातहतका व्यक्ति र कम्पनीहरूमा सहकारीको पैसा ऋण दिने, ऋण दिएबापत विना लगानी शेयर हिस्सा लिने, बिस्तारै सबै ऋणीहरूलाई धोका दिएर सम्पत्ति र कम्पनी सबै कब्जा गर्ने गरेको पनि जनाएको छ । ऋणीहरूलाई कुनै न कुनै कानुनी परिबन्द पारेर फसाउने गरेको र धेरैको कम्पनी र सम्पत्ति कब्जा गरेको देखिएको पनि समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै