ट्रेन्डिङ

पकहाँमैनपुरमा ३ जना महिला सहित ३१ जनाले गरे रक्तदान

वीरगन्ज । पकहाँमैनपुर संघर्ष युवा समाज द्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

पकहाँमैनपुर गाउँपालिका वडा नं (३ मा पर्ने पकहाँ स्थितको स्वास्थ्य चौकीमा कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा ३ जना महिला सहित ३१ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।
पकहाँमैनपुर संघर्ष युवा समाजका अध्यक्ष आदित्य शर्माको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्धाटन नेपाल रेड क्रस सोसाईटी पर्साका सभापति तथा सिद्धार्थ मा.वि.का प्रधानाध्यापक बिनोद मेहता ज्यूको प्रमुख अतिथिमा सम्पन्न थियो ।

रक्तदान कार्यक्रममा सुबोध सहनी, मुकेश मेहता, राजन साह, रवि दास, रवीन्द्र चौरसिया, पूजा चौहान, प्रमिला यादव, आशा देवी लगायत ३१ जनाले रक्तदान गरेका हुन् । नेपाल रेड क्रस सोसाईटी वीरगन्ज ब्लड बैंकका प्रतिनिधि जितेन्द्र महतो कुशवाहा पकाहाँमैनपुर संघर्ष युवा समाजलाई प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै