ट्रेन्डिङ

जनमत पार्टीको आयोजनामा भएको शिविरमा १५० जनाको आँखाको चेकजाँच, कतिलाई मोतियाबिन्दु ?

वीरगन्ज । जनमत पार्टी पर्साको आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । पार्टीको लोककल्याणकारी अभियान अन्र्तगत शिविर आयोजना गरिएको हो ।

शिविरमा आज १५० जनाको आँखाको चेकजाँच गरिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ९ रानीघाटमा आयोजित शिविरमा उनीहरको चेकजाँच गरिएको हो ।

चेकजाँच गराएकामध्ये २९ जनामा भने मोतियाबिन्दुको समस्या फेला परेको छ । उनीहरुको वीरगन्ज सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले बताए ।

शिविरमा वीरगन्ज सामुदायिक आँखा केन्द्रकी मिखा श्रेष्ठ नेतृत्वको टोलीले आँखाको चेकजाँच गरेका थिए ।

कार्यक्रममा जनमत पार्टीका नेताहरु रम्भा मिश्रा, संजय सरार्फ, लोकेश कर्ण, ब्रिजकिशोर कलवार, महादेव शर्मा, राजनारायण मिश्र, संजय सिंह, उदय यादव, सिकेन्द्र राम, साजन सिंह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै