ट्रेन्डिङ

‘एचपीभी’ खोप सातै प्रदेशमा पठाइयो, कहिलेदेखि सुरु अभियान ?

काठमाण्डौँ । क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप सातवटै प्रदेशमा पठाएको छ । यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभरि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिनका लागि सातवटै प्रदेशमा पठाइएको हो ।

पाठेघरको मुखको क्यान्सरका कारण बढ्दै गएको अकाल मृत्युको जोखिमबाट जोगाउने उद्देश्यका साथ करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । सबैका लागि १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि उक्त एचपीभी खोप निःशुल्क उपलब्ध गराएको हो ।

सरकारले यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभरि नै कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय बालिका र किशोरीलाई खोप लगाउँदैछ ।

पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै