ट्रेन्डिङ

वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह भन्सारको राजश्व संकलनमा गिरावट

वीरगन्ज । वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयको राजश्व संकलनमा गिरावट आएको छ । कार्यालयले पाएको वार्षिक लक्ष्यको ६१ प्रतिशत कम राजश्व संकलन भएको हो ।

कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । यो कार्यालयले पाएको कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै हो ।

गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयबाट एक अर्ब ४५ करोड ४१ लाख ७९ हजार कम राजश्व संकलन भएको छ ।

कार्यालयले चालु आवको साउन महिनामा तीन अर्ब ७५ करोड २२ लाख राजस्व सङ्कलन गरेको थियो । त्यस्तै भदौ चार अर्ब ६४ करोड ३० लाख, असोज चार अर्ब ३६ करोड ४५ लाख रुपैँया संकलन गरेको छ ।

यसैगरी कात्तिकमा तीन अर्ब ७९ करोड २९ लाख तथा मङ्सिरमा तीन अर्ब २२ करोड ८४ लाख र पुसमा तीन अर्ब ५६ करोड २१ लाख राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयले गत आवको छ महिनाको अवधिमा भने २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार राजस्व सङ्कलन गरेको तथ्यांक छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै